Our Services
सीपमुलक तालीम प्रदान
नेपालको संविधानले व्यवस्था गरेको श्रम र रोजगारीको हकलाई कार्यान्वयन गर्नको
निम्ति विभिन्न किसिमका सीपमुलक तालीमहरु प्रदान गरी आयआर्जन, रोजगारी तथा
उद्यमशिलताको विकास गर्ने उद्धेश्यले व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना भएको हो।बार्षिक स्विकृत कार्यक्रममा समावेश विभिन्न बिषयहरुमा व्यावसायिक तथा सीप
विकास तालिम संचालन निर्देशिका २०७७ भित्र रहेर आर्थिक, सामाजिक, शैक्षिक, शारीरिक र भौगोलिक हिसाबले पछि परेका व्याक्तिलाई रोजगारमुलक सीप विकास तालीम मार्फत स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिष्पर्धा गर्न सीपयुक्त श्रमशक्तिको विकास गरी बेरोजगारी न्युनिकरणमा सहयोग गर्नु यस कार्यलयको मुख्य कार्य हो।
सीप परिक्षण
कुनै पनि विषय क्षेत्रमा व्यक्तिले प्राप्त गरेको व्यावसायिक ज्ञानको परिक्षण गर्ने कार्यलाई सिप परिक्षण भानिछ। यस व्यावसायिक प्रशिक्षण केन्द्रबाट संचालन भएका सिपमुलक तालिमहरुमा सहभागी भइ तालिम सम्पन्न गरेका व्यक्तिहरुको लागि सीप परिक्षण को व्यवस्स्था गरिनेछ |यसबाट व्याक्तिको आर्जित सीपको स्तर कायम भई स्वदेशी तथा विदेशी श्रम बजारको माग अनुरुपको स्तर कायम भएको जनशक्ति निर्माणहुनुका साथै प्राविधिज्ञको स्तर पहिचानहुने, एकरूपता आउने र विद्यालय शिक्षा नभएकालाई सो सरहको हुने प्राविधिक पहिचान हुने प्रमाणपत्र प्राप्तीमा सहयोग गर्दछ।अभिलेख ब्यवस्थापन
कार्यसम्पादनको सिलसिलामा सिर्जना भएका, भविष्यमा प्रयोगमा ल्याउन सकिने तथा प्रमाणका रुपमा रहने, तथ्य वा सूचनाहरुको औपचारिक व्यस्थापनलाई अभिलेख हो।सरोकारवालाहरुको प्रयोजनको लागि यस कार्यलयमा तालीमसँग सम्बन्धित निम्नानुशारका कार्यलाई अभिलेखकोरुपमा व्वस्थित गर्दै आएको छः
- बिभिन्न बिषयका प्रशिक्षकको अद्यावधिक विवरण
- तालिम प्राप्त गरेका जनशक्तिको अद्यावधिक विवरण
- प्रमाणपत्रको अभिलेख
- तालिमसँग सम्बन्धित अन्य विवरणहरु
समन्वय
व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी, सुनसरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, उद्योग वाणिज्य संघ, तालीम प्रदायक संस्था, स्थानिय तह, प्रशिक्षक तथा प्रशिक्षार्थीका साथै सरोकारवाला सबैको समन्वय, सहयोग तथा सहकार्यमा श्रम बजारको आवश्यकता अनुशारको तालिम संभाव्यताको अध्ययन, तालीमका बिषयको छनौट, तालीम संचालन, सीप परिक्षण तथा व्यावसायिक सीप प्रशिक्षणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने गर्दछ।
Mr. Kaviraj Upreti
Executive Director
Mr. Asok Shah
Information Officer